दफा ४०घ
कबुलियत गर्नुपर्ने
(१) कुनै पनि निजामती कर्मचारीले सरकारी मनोनयनमा अध्ययन गर्न, तालिम लिन वा अध्ययन भ्रमण गर्न जानुभन्दा अघि त्यस्तो अध्ययन, तालिम वा अधययन भ्रमण पूरा गरी फर्केर आई दफा ४०ग. बमोजिमको सेवा गर्ने कबुलियत गर्नुपर्नेछ ।
(२) उपदफा (१) बमोजिम सरकारी मनोनयनमा गएका निजामती कर्मचारीले अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि सेवा गर्न नआएमा वा दफा ४०ग. बमोजिम गर्नुपर्ने सेवा अवधि पूरा नगरेमा त्यस्तो कर्मचारीबाट अध्ययन, तालिम वा अध्ययन भ्रमण अवधिभर निजले पाएको तलब,भत्ता निजले प्राप्त गरेको छात्रवृत्ति रकम तथा कबुलियतमा उल्लेख भएका अन्य रकमहरूसमेत तोकिएको अवधिभित्र नबुझाएमा सरकारी बा“ कीसरह असुलउपर गरिनेछ ।
(३) अख्तियारवालाको पूर्वस्वीकृति लिई निजी प्रयासमा गएका निजामती कर्मचारीले अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि अध्ययन, तालिम वा अध्ययन भ्रमणमा व्यतीत गरेको अवधि बराबर सेवा गर्ने कबुलियत गर्नुपर्नेछ ।
(४) उपदफा (१) र (३) बमोजिम अध्ययन गर्न गएका निजामती कर्मचारीले अध्ययन,
तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि सेवा गर्न नआएमा वा सेवा अवधि पूरा नगरेमा त्यस्ता कर्मचारीको अध्ययन, तालिम वा अध्ययन भ्रमणको अवधि निजको सेवा अवधिमा गणना गरिने
छैन ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिए तापनि अध्ययन, तालिम वा अध्ययन भ्रमणमा गएको कर्मचारी अनिवार्य अवकाश भएको वा मृत्यु भएको कारणले दफा ४०ग. बमोजिमको सेवा अवधि पूरा गर्न नसकेमा निज वा निजको परिवारबाट कुनै रकम असुलउपर गरिने छैन ।